Comments Add Comment

हेटौँडामा निषेधाज्ञा हटाउने निर्णय , बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र

हेटौँडामा जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यलयमा भएको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा गत साउन २६ गतेबाट लागु भएको निषेधज्ञा भोली मंगलबारबाट हटाउने आज बसेको बैठकले निर्णय गरेको छ । निषेधज्ञा हटाएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनु भएको छ । यो निर्णय भदौ २५ गतेसम्म लागु हुने पनि उहाँले जानकारी दिनुभयो ।

बैंकहरुको हकमा भने विहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिईने निर्णय भएको छ । बिहान बजार सञ्चालन भएपनि सवारीसाधनमा भने रोक लगाउने भएको छ । मालबाहक बोक्ने लोड सवारी साधनहरु साँझ ७ बजेपछि मात्र सञ्चालन हुनेछन् भने सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर