Comments Add Comment

थपिए १३३ जना कोरोना संक्रमित, अर्का एक जनाको ज्यान गयो

काठमाडौं : नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ १३३ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७४ जना पुगेको छ ।

यस्तै, कुल १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । शुक्रबार मात्रै १०७ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर