Coronavirus COVID-19

बिल गेट्स, बाराक ओबामा, एलन मस्क, बेजोस, एप्पल लगायतका ट्वीटर अकाउण्ट ह्याक

[Ads]

Advertisement

विश्वका धनाढ्य र चर्चित व्यक्ति तथा कम्पनीको ट्वीटर अकाउण्ट ह्याक भएका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्‍यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतका ट्वीटर ह्याण्डल ह्याक भएका हुन् ।

यस्तै,  ह्याकरले एप्पल र उबर जस्ता कम्पनीका ट्वीटर ह्याण्डलसमेत ह्याक गरेका छन् ।
ह्याक भएका ट्वीटर अकाउण्टमा रकम माग गर्दै त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ ।

बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘अब त्यो समय आइसकेको छ । तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु ।’

तर, यस्ता ट्वीट पोष्ट भएको केही मिनेटमै हटाइएको छ । ट्विटरले पनि तत्कालै यसमा आवश्यक कदम चालेको उल्लेख गरिएको छ ।

ट्वीटरले यस घटनाको जाँच गरिरहेको र छिट्टै विस्तृत रुपमा जानकारी दिने जनाएको छ । एजेन्सी

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...