Comments Add Comment

आगामी रणनीतिबारे प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन पनि तयार

केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाडे उनलाई कसरी हटाउने भन्ने विषयमा नेकपाको असन्तुष्ट पक्ष अन्यौलमा देखिएको छ। असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओली सहमतिमा नआए कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न सकिरहेका छैनन्। अर्कोतिर ओली भने पार्टी फुट्ने अवस्थासम्मका लागि तम्तयार देखिएका छन्। प्रचण्ड र नेपाल पक्षले संवादबाट सहमति नजुटेपछि पार्टीको कुनै कमिटीमा उनी विरुद्ध प्रस्ताव लाने वा संसदीय मोर्चाबाट उनलाई हटाउने भन्ने विषयमा निर्णय लिन सकेका छैनन्।

‘अहिले देखिएको विवादको अन्त्य छलफल र सहमतिबाटै गर्ने हो,’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘सहमति नभएको अवस्थामा कसरी जाने भनेर विकल्पमा छलफल सुरु गरेको छैन। तर अहिले देखिएको समस्यालाई चाँडै समाधान गरिनुपर्छ। लामो समय लैजानु हुँदैन भन्ने मात्रै हो।’ पार्टीका सबै कमिटीमा बहुमतमा रहेका प्रचण्ड र नेपाल पक्षले ओली पार्टी र सरकारको नेतृत्व गर्न असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका छन्। तर सो समूहका नेताहरुले कम्तीमा एक जिम्मेवारीबाट ओली हट्नैपर्ने बटमलाइन रहेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर