काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ थोरै घटेको छ । केन्द्रीय बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

सोमबार अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको थियो । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमै खरिदबिक्री भइरहेको छ ।