Comments Add Comment

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेसी शहर नगरपालिका – ७ स्थित सातबिसेमा रहेको दीपक तामाङको घर अविरल वर्षाको कारण बिहीबार राति आएको पहिरोले पुरेको हो । पहिरोमा परेर ३० वर्षीय दीपक तामाङ्ग , २५ वर्षीया बिमाया तामाङ र ८ वर्षीय छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा त्यही घरमा बस्ने ३ जना घाइते भएका छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर