आजको पञ्चाङ्ग

बि.सं. २०७७ असार २२ गते सोमवार । इ.सं. 06 July 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु आषाढ शुक्लपक्षतिथि प्रतिपदा , ०९:१९ बजे उप्रान्त द्वितीया । नक्षत्र उत्तराषाढा , २३:५९ बजे उप्रान्त श्रवण। योग वैधृति , २३:०० बजे उप्रान्त विष्कम्भ। करण कौलव ०९:१९ बजेदेखि तैतिल , २१:०८ बजे उप्रान्त भद्रा। चन्द्रराशि धनु । आनन्दादी योग मृत्यु। दिनमान ३४ घडी २७ पला । सूर्योदय ०५: १५ बजे । सूर्यास्त बेलुका १९:०२ बजे ।

सर्वार्थसिद्धि योग २३:५९ बजेपछि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्तापनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफ़नतले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल