नेपालमा आज (शुक्रबार) थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आजमात्रै ७४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

कोरोना भाइरसका कारणले काठमाडौंमा थप एकजनाको निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्राडा गौतमले जानकारी दिनुभयो ।

पार्किङ्सन रोगबाट पीडित पुरुष्का छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

https://www.facebook.com/mohpnep/videos/684670865413668/?t=0