Comments Add Comment

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

काठमाडौं – संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलबीच शुक्रबार विवाह भएको छ । सिमित आफन्त र केही साथीभाइलाई बोलाएर बुढानिलकण्ठ मन्दिरमा पुगेर शुक्रबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । 

नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर