Comments Add Comment

थप २७३ जना सङ्क्रमित, कुल पाँचहजार ३३५ पुग्याे, मृतक १८

काठमाडाैं – नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।

काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९१२ पुगेकाे छ ।

भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।

https://www.facebook.com/mohpnep/videos/1458342664372415/?t=0
https://www.facebook.com/mohpnep/posts/916293132192540

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर