आज तराईमा होली मनाइँदै

रंगहरूको पर्व फागु पूर्णिमा अर्थात होली पर्व आज तराई तथा मधेसका जिल्लाहरूमा मनाइँदैछ ।

हरेक वर्ष पूर्णिमाको भोलिपल्ट तराई मधेसका जिल्लामा होली हर्षोल्लास पूर्वक मनाइन्छ ।

सोहीअनुसार पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा अर्थात् होली मनाइएको छ । यस्तै आज तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिनका लागि तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरुप फागु पूर्णिमा मनाउने नेपाली चलन रहेको छ । स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक फरक छ ।

हिमाली तथा पहाडी भेकमा ‘फागु’ भनिन्छ भने तराई मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad