नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५५ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको तेस्रो दिन आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी पौडेलले संस्थागत विद्यालयमा कार्यरत तमाम शिक्षकहरुलाइ देशकै पहिलो शिक्षकको पेशागत संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनमा यस किसिमको तालिमले नयाँ उर्जा ल्याउने र आफूहरु त्यसका लागि सदैव लागिपर्ने बताउनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

संगठन संस्थागत विद्यालय विभाग अध्यक्ष सचिन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव रामशरण रिजालले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।,

यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, अछाम उपाध्यक्ष गीता ढुङ्गाना, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ, अकुरप्रसाद गौतम पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, शिक्षक महासंघ केन्द्रिय प्रतिनिधी बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५६ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको तेस्रो सत्र पनि भोलि बिहान ७ बजे देखि प्रदेश अध्यक्ष नीर बहादुर कार्कीको प्रमूख आतिथ्यतामा शुरु हुने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।