Comments Add Comment

लकडाउन खुकुलाे पार्ने सरकारकाे निर्णय, सरकारी कार्यालय पनि खुलाइने

काठमाडाैं – सरकारले लडकाउन खुकुलो पार्ने बताएकाे छ। साथै सबै सरकारी कार्यालय असार १ गतेदेखि दुई सिफ्टमा संचालन गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्। 

उनका अनुसार पहिलो सिफ्ट ८ देखि १ बजेसम्म हुनेछ भने दोस्रो सिफ्टमा १ देखि ६ बजेससम्म संचालन गर्न समेत सरकारले निर्णय गरेको छ। यस्तैगरी डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ।

डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। भिडभाड नियन्त्रण गर्न पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ। 

उनका अनुसार सवारी साधन जोर विजोर नम्बरका आधारमा चलाउने निर्णय पनि असार १ देखि लागु हुने बताइएको छ। नै मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। यसरी चल्ने सवारी साधनलाई एक जिल्लाबाट अर्को जिल्ला जान भने दिइने छैन । साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए। लकडाउन २०७६ चैत ११ देखि लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर