गायक तथा संगीतकार कोशिस क्षेत्रीको राष्ट्रिय गीत गोर्खाली सार्वजनिक भएको छ । मंगलवार सामाजिक सञ्जालबाट सो गीत सार्वजनिक गरिएको हो । शब्द, संगीत तथा स्वर समेत कोशिसकै रहेको गीतमा राष्ट्रिय भावनाले भरिएका शब्दहरुलाई चयन गरेको छ ।

गीतमा वीर गोर्खालीको गाथालाई प्रस्तुत गरिएको छ । गोर्खालीहरु कुनै किसिमले कमजोर छैनन् भने सञ्देश भिडियोमा प्रस्तुत गरिएको छ । नेपाली सेना र सेनाका विभिन्न गतिविधीहरुलाई भिडियोमा स्थान दिएका छन् ।

गीतमा उदयराज पौडेलको एरेञ्ज रहेको छ । फराज अर्पणले सम्पादन गरेको गीतलाई रण बहादुर श्रेष्ठ र ईन्द्रजित पराजुली (क्षेत्री) ले निर्माण गरेका हुन् ।