Comments Add Comment

“जान्छु नेपाल जान्छु”को म्युजिक भिडियो सार्वजनिक (भिडियो)

सर्जक विष्णु न्यौपानेले “जान्छु नेपाल जान्छु” बोलको गीत सार्वजनिक गरेका छन् । मातृभूमि छाडेर पराई देशमा दिनरात नभनी परिवारको खुशीको लागि संघर्ष गरिरहेका हरेक नेपालीको कथालाई गीतमा समेटिएको छ ।

गीतमा चर्चित लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक थापाले आवाज भरेका छन् । सागर विरहीको लय तथा बिष्णु न्यौपानेको शब्दमा रहेको उक्त गीत नेप्को इन्टरटेनमेन्ट बाट बजारमा आयको छ ।

स्मृति तिमिल्सिनाको निर्देशन रहेको उक्त भिडियोमा रन्जिता गुरुङ, बिमल अधिकारी, आयुष्मा कार्की र जित सागर रावतको अभिनय रहेको छ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश दमलाको रहेको छ ।

भिडियो हेरौं –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर