Coronavirus COVID-19

कोरोनाकै कारण अमेरिकामा १ लाख १२ हजार जनाको ज्यान गयो

[Ads]

Advertisement

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १२ हजार ७७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६८७ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख २७ हजार ५७७ जनामध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...