Comments Add Comment

नीता ढुङ्गानाले आफ्नो ब्यानर नीता फिल्मस्बाट फिल्म बनाउने पक्का पक्की

नायिका नीता ढुङ्गानाले आफ्नो ब्यानर नीता फिल्मस्बाट फिल्म बनाउने पक्का पक्की भएको छ । केहि हप्ता पहिले ’मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चाका बीच नीताले अर्को फिल्म निर्माणको घोषणा गरेकी हुन् ।

नीता फिल्मसबाट बन्ने फिल्मको निर्देशन समुन्द्र भट्टले निर्देशन गर्नेछिन् भने मुख्य नायकको रुपमा कोशिस क्षेत्री पक्का भएका छन् । फिल्मको वर्किङ्ग टाइटल माया राखिएको छ । माया मा नीता र कोशिसको जोडी पक्का भएको हो । फिल्मको कथा कोशिस आफ्नै हो । यतिबेला कोशिस स्कृप्टलाई अन्तिम रुप दिदैंछन् । फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । फिल्ममा संगीत पनि कोशिशको नै रहनेछ ।

यस्तै निर्देशक समुन्द्र भट्ट फिल्म ’आधा पेज’ पछि नीताको फिल्मबाट एक्सन कटमा फर्किएकी हुन् । यो बिचमा निर्देशक भट्ट क्यानडाको टोरन्टो फिल्म स्कुलमा फिल्म निर्देशन सम्बन्धी कक्षा लिन गएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर