Comments Add Comment

किन लगाउँछन् हरियो चुरा र मेहन्दी ? यस्तो छ साउने संस्कृति

साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ ।

यस्तो छ साउने संस्कृति

शिवजीको आराधनाका रूपमा लिइन्छ यो महिनालाई । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्तिपर्वको रूपमा लिइन्छ । साउन महिनाले नेपाली खासगरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडलाई भित्राउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यहीँ दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

साउने सङ्क्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।

विवाहित महिला साउने सङ्क्रान्तिदेखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमवार व्रत बसी शिवको पूजा आराधना गर्छन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमवारको छुट्टै महìव रहिआएको छ । परम्परागत संस्कृति लोप हुँदै गएको बताइए पनि नेपाली महिलाले भने साउन महिनाको सोमवारलाई विशेष रूपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनका लागि त कसैले फेसनकै रूपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमवार मनाउने गरेका छन् ।

हिन्दू महिलाले साउन महिनालाई विशेष महìवका रूपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि व्रत बसेको र व्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाले श्रीमान्को भलाइको कामना गर्दै व्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमवार नेपाली हिन्दू महिलाहरू व्रत बस्ने गर्छन् ।

साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दी लगाई व्रत बस्दा अविवाहित महिलाले राम्रो वर र विवाहितहरूले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

साउन महिनाको हरेक सोमवार विहानैदेखि महिलाहरूको काठमाडौँको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरमा पनि महिला श्रद्धा भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्छन् । साउन महिनामा चारैतिर हरियालीसँगै व्रतालु महिलाहरू हरिया चुरामा सजिन्छन् । यसैले पनि यति बेला राजधानीका शहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेको सङ्ख्या बाक्लो छ । र व्यापारीलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याइनभ्याई छ ।

हिजोआज हरियो चुरा, हरियै रङका कपडा तथा मेहन्दीहरूको व्यापार बढेको छ । काठमाडौँको विशेषतः न्यूरोड, असन, पुतलीसडक, सुनधारा, पशुपतिनाथ मन्दिर वरपरका पसलमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरूको भीड नै लाग्ने गर्छ । यसरी पसलहरूमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नु हो । धर्म कर्ममा विश्वासभन्दा पनि फेसनकै आधारमा युवतीहरू पछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ ।

पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको पनि कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइ राख्न के युवा के युवती वा वृद्ध वृद्धाहरू नै किन नहुन, सबै लागि परे हाम्रो देश सधैँभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ ।

धर्म संस्कृतिको नाममा विकृत्ति फैलाउने र भड्किलो किसिमले चाडपर्व मनाउने प्रवृत्तिलाई प्रश्रय नदिई आफ्नो संस्कृतिको जगेर्ना गर्ने र यसको म पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेको पनि कमी छैन ।

पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ ।

हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् ।
साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर