बिर्सेर पनि नखानुहोस् वर्षायाममा माछा,यस्ता छन् कारण

अनलाइन पत्र संवाददाता२०७६-०४-०७ No Comments

धेरैलाई माछा निकै मिठो लाग्छ तर यदि तपाईंलाई वर्षायाममा माछा खान मन लागेको छ भने एकपटक सोच्नुहोस् किनभने यसको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ । यस कारण वर्षायाममा माछा खान हुँदैन :-

बजारमा ताजा माछा पाइँदैनन्ः

वर्षायाममा पानीको स्तरमा अत्यधिक वृद्धि हुने भएकाले माछा मारिँदैन । जसकारण बजारमा ताजा माछा पाउन मुश्किल हुन्छ । धेरैजसो प्याक गरिएको र स्टोर गरिएका माछा मात्र पाइन्छन् । १० दिनभन्दा बढि स्टोर गरिएको माछा खराब हुनसक्छ जसको सेवनले गर्दा संक्रमणको खतरा बढ्ने गर्छ ।

माछाको प्रजननको मौसमः
वर्षायाम माछा र अन्य समुन्द्री जीवका लागि प्रजननको मौसम हो तसर्थ अण्डा भएको माछा खाँदा पेटमा संक्रमण र फूड पोइजनिङको खतरा बढ्ने गर्छ ।

प्रिजर्भेटिभको प्रयोगः

ब्याक्टेरिया र यिस्टबाट माछालाई बचाउनका लागि सल्फाटेस र पोलिफोस्पाटेसजस्ता प्रिजर्भेटिभको प्रयोग गरिन्छ । यस्ता माछा खाँदा तपाईंलाई सास फेर्न समस्या हुनुका साथै हृदयरोग लाग्ने गर्छ ।

फोहोर पानीः
पानी प्रदुषणको सम्भावना हुने भएकोले वर्षायाममा माछामाथि फोहोर जम्मा हुन्छ जुन सफा पानीले धुँदासमेत जाँदैन । फोहोर माछा खाँदा टाइफाइड, जन्डिस र झाडापखालाजस्ता रोग लाग्नसक्छ ।

Ad
Ad