यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न सकिरहेका छैनन् ।

स्थिती नेपालको पनि त्यस्तै हो। लक डाउनका कारण लगभग १० दिनदेखि नेपाल बन्द छ। नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घर भित्र थुनिएका छन्।
यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ। ‘एस आर वि एन मिडिया’ले आयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन्।

आफैले रचना गरेको कविता वाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोवाइलले खिचेर एसआरविएन मिडियाको आधिकारिक इमेल Majheripoetry@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्नेछन्। प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिनकुमार आचार्यले जानकारी दिए। कार्यक्रमको फाइनल लक डाउन सकिएलगत्तै गर्ने आयोजकको तयारी छ।