Comments Add Comment

बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन

मुम्बई – आफ्नो जमानाकी चर्चित बलिउड अभिनेत्री निम्मीको बुधवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा निधन भएको हो ।

केही समय यता उनी ह्वील चियरमा मात्र सीमित थिइन् । उनले सान्ताक्रुजको एक अस्पतालमा आफ्नो अन्तिम सास लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको अन्तिम संस्कार २६ आज (बिहीवार) गरिने जनाइएको छ ।

उनले ५० देखि ६० को दशकमा स्टारडम बनाएकी थिइन् । उनले फिल्म ‘बरसात’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । साथै अमर, दाग, दीदार, मेरे महबूब लगायत कैयन् हिट फिल्म दिएकी थिइन् ।

एजेन्सी को सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर