काठमाडौं । ९० को दशक कन्दरा ब्याण्डको नाममा पनि रह्यो । यो लोकपप ब्याण्डका मर्मस्पर्शी गीत सुन्दै हुर्किनुभएको हो भने अहिले पनि तपाईंलाई नोस्टाल्जिक बनाउन सक्छ ।

स्थापनाको २५ वर्षमा ब्याण्डले पाँच एल्बम रिलिज गर्‍यो । सन् १९९४ मा ‘चञ्चले कान्छी’ ल्याएको ब्याण्डले पछिल्लोपटक सन् २०१६ मा ‘भेडी गोठैमा’ ल्यायो । सात वर्ष लामो अन्तरालपछि कन्दराले नयाँ गीत ‘बिचरा म’ सार्वजनिक गरेको छ ।

ब्याण्डका आधिकारिक सामाजिक सञ्जालका ह्याण्डल र टेलिभिजनबाट सार्वजनिक यो गीत पनि मर्मस्पर्शी लाग्छ । आनन्द अधिकारीको शब्द, सुनिल थापाको संगीत र गिटारवादक हरि महर्जनको संगीत संयोजनमा तयार भएको गीतमा ब्याण्डका नयाँ सदस्य पनि जोडिएका छन् ।

भोकलिस्टमा विवेक श्रेष्ठ र सुनिल थापा पर्कसन यथावत छन् । नयाँ सदस्यमा हरि महर्जन र देव लामा गिटारमा, ड्रममा सुन्दर महर्जन र बेस गिटारमा पंकज झा छन् । रेडियो नेपालको लाइभ रेकर्डिङमा छायांकन गरिएको यो गीत भिडियो आशिष पराजुलीले निर्देशन गरेका हुन् ।

ब्याण्डको व्यवस्थापनको जिम्मेवारी लिएको आदि डिजिटलले गीतको निर्माण गरेको हो । गीतकार अधिकारीले गीतमा मुलुकका चर्चित पर्यटकीय स्थलदेखि सांस्कृतिक पक्षलाई बुनेका छन् । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित कन्दराले मंसिर १६ गते पोखरामा एकल कन्सर्ट पनि गर्दैछ । सातै प्रदेशमा यस्तो कन्सर्ट गर्ने ब्याण्डको तयारी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू