Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन ३० गते शुक्रवारको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ फागुन ३०गते शुक्रवार । इ.सं. 2020 March 13 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी संवत्सरउत्तरायण । शिशिर ऋृतु चैत्र कृष्णपक्षतिथि चतुर्थी – १४:३२ बजे उप्रान्त पञ्चमी । नक्षत्र स्वाती – १९:३६ बजे उप्रान्त विशाखा । योग व्याघात – २६:-७ बजे उप्रान्त हर्षण । करण वालव – १४:३२ बजेदेखि कौलव, २५:२९ बजे उप्रान्त तैतिल । चन्द्रराशि तुला । आनन्दादी योग गद । दिनमान २९ घडी ४३ पला । सूर्योदय ६:१८ बजे । सूर्यास्त १८:११ बजे । फाल्गुण मसान्त

Advertisement

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
 गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योगपनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभपनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...