
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले साउन ४ गते प्रदेश १ बन्द गर्ने घोषणा गरेको छ । संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशन गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापनको विरुद्ध बन्द गरिने आदिवासी जनजाति महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव सुब्बाले बताएका छन् ।
संघले साउन ३ गते प्रदेशका विभिन्न क्षेत्रमा कोणसभा तथा जनप्रदर्शन गर्ने बताएको छ । ४ गते धनकुटामा लोकसेवाको मुख्य परिक्षाको अवसरमा बन्द गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए । आरक्षण बचाउ आन्दोलनको नाममा आन्दोलन हुने महासंघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




