सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

अनलाइन पत्र संवाददाता२०७६-०४-०३ No Comments

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तिला गाउपलिका–३ को वडा कार्यालयमा ताला बन्दी गरिएको छ। ज्येष्ठ नागरिक, एकल महिला र बाल पोषण भत्ता पाउने बच्चाको आमाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।  आर्थिक वर्ष सकिँदा पनि भत्ता नपाएकाले तालाबन्दी गरिएको ज्येष्ठ नागरिक मनिनाथ योगीले बताए। गत चैतदेखि असारसम्म भत्ता बापतको रकम नपाएको उनले गुनासो गरे। वडा कार्यालयले भत्ता दिन आनाकानी गरेको उनीहरुको आरोप छ। यता वडाध्यक्ष सिह बुढाले वडासचिव जयशंक उपाध्यायको ढिलासुस्तीका कारण भत्ता विरण गर्न नसकेको बताउँछन्। गाउँपालिका कार्यालयबाट भत्ता आइसकेका पनि वितरण गर्न बाँकी रहेको उनको भनाइ छ।

Chat Icon
Ad
Ad