Comments Add Comment

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार शिक्षिका कर्माचार्यमाथि सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

केही दिन अगाडि काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका कर्माचार्यले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएको समाचार सार्वजनिक भएको थियो । विद्यालयले उनलाई जागिरबाट निकालिसकेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर