Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शान्तिम र सुम्निमाको’कुरा हो साँचो’ सार्वजनिक (भिडियो)

Company Register

गायक शान्तिम कोइरालाको ‘कुरा हो साँचो’ सार्वजनिक भएको छ। डिपी खनालको शब्द तथा शंकर थापा स्माइलीको संगीतमा रहेको गीतमा शान्तिम र सुम्निमा सिंहको स्वर रहेको छ।

केही समय अगाडि सविन कार्की ‘विष्ट’ले तयार गरेको भिडियो पश्चात यस गीतको औपचारिक भिडियो सार्वजनिक गरिएको हो। सविन कार्कीले अभिनय गरिसकेको गीतको भिडियो पुनः किन नयाँ बनाउनु परेको?हाम्रो प्रश्नमा शान्तिमले भने,’सविन कार्कीले यस गीतलाई सहयोग गर्नु भएको हो। उहाँले मेल भर्सनको मात्रै गीत तयार पार्नु भएको थियो। वास्तवमा त्यती बेलाको भिडियो औपचारिक भन्दा पनि भिडियो जस्तै भनेर हामीले सार्वजनिक गरेका थियौँ। अहिले आएर युगल स्वरमा रहेको कुरा हो साँचोलाई नयाँ प्रतिभा र निकै आकर्षक डान्स ग्रुपले गीतको औपचारिक भिडियो बनाइदिनु भएको छ।’

Advertisement

गीतको भिडियोमा स्पार्क क्रुको कोरियोग्राफी एवम् निर्देशन रहेको छ भने भिडियोलाई जितु तामाङले खिचेका हुन्। गायक शान्तिम कोइरालाले ‘सपना तिम्रो मेरो’, ‘बोली चाली’, ‘बल्झि बल्झि’ लगायतका समुधुर गीत संगित दिइसकेका छन्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...