Comments Add Comment

आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने

आइफोनसहित अत्याधुनिक प्राविधिक उपकरण बनाउँदै आएको ताइवानको कम्पनी फक्सकनले अब मास्कको उत्पादन थाल्ने भएको छ । चीनमा प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ७ सयभन्दा धेरैको ज्यान गएको र अरु हजारौं संक्रमित भएको अवस्थामा फक्सकनले औद्योगिक स्तरमा कोरोना भाइरस प्रतिरोधी मास्कको उत्पादन गर्न लागेको जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल विच्याटमार्फत् विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ । विज्ञप्तिमा कम्पनीले चीनको सेन्जेन शहरमा मास्क उत्पादनको परीक्षण उत्पादन शुरु गरिसकिएको र केही समयभित्रै यसको पूर्णस्तरमा उत्पादन शुरु गरिने उल्लेख छ । कोरोनाभाइरसको महामारी फैलिरहेका कारण विश्वभर मास्कको अभाव हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेसँगै फक्सकनले मास्कको उत्पादन थाल्ने बताएको हो । यसअघि अमेरिकाको प्राविधिक उपकरण निर्माता कम्पनी जनरल इलेक्ट्रोनिक्सले पनि मास्कको उत्पादन गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर