Coronavirus COVID-19

मंगलबारको दिन भुलेर पनि गर्न नहुने २० काम

[Ads]

Advertisement

मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ । यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ ।

धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ । के के हुन् मंगलबार गर्न नहुने कामः

१। मंगलबारको दिन कपाल वा दारी काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ ।
२। मंगलबारको दिन नङ काट्नु हुँदैन ।
३। मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ ।
४। मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।
५। यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
६। मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
७। मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।
८। यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।
९। मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।
१०। हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
११। मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।
१२। मंगलबारको दिन धारिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।
१३। मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।
१४। मंगलबार पशु बलि दिनु हुँदैन । पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
१५। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।
१६। मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।
१७। मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खँ“दा कुटुम्बको क्षय हुन्छ ।
१८। यस दिन मदिरा सेवन गर्नु हुँदैन यसले क्रोध वृद्धि गर्ने र आपराधिक मानसिकता बनाउछ ।
१९। मंगलबारको दिन झगडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।
२०। मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...