Comments Add Comment

आज केही ठाउँमा वर्षासँगै हिमपात हुने, तराईमा हुस्सु र कुहिरो

जल तथा मैसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पश्चिमी भू(भागमा सामान्य बदली रहेको र अन्य भू(भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले मंगलबार विहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिमी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको हो । त्यसैगरी तराईमा हुस्सु र कुहिरो रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर