Comments Add Comment

निजगढमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

बाराको निजगढ नगरपालिका १ सिगौंलस्थित धन्सार खोलामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

खोलामा ढुंगा लोड गर्न गएको ना६प ९६८७ नम्बरको ट्याक्टर पल्टिँदा चालक निजगढ १ सिगौंलका २८ वर्षीय दशा गुरोको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा मजदुर कृष्ण नेपाली घाइते भएका छन्। उनलाई उपचारको लागि वीरगन्ज पठाएको र मृतक गुरोको शव परीक्षणका लागि चन्द्रपुर अस्पताल लगिएको इलाका प्रहरी नायव उपरीक्षक नन्दकिशोर सिंहले जानकारी दिए।

नगरपालिकाले नदी निकासी र पैठारी रोक लगाएको अवस्थामा ट्याक्टर रौतहटमा घरयासी प्रयोजनका लागि ढुंगा निकाल्ने क्रममा दुर्घटनामा परेको स्थानीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर