2025-12-05 8:56 pm

चर्चका पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार !

ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो । तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै बलात्कार गर्दै आएको खुलेको हो । पीडित महिलाका अनुसार पादरीले आफूसँग शारीरिक सम्पर्क गरे पाप नष्ट हुने भन्दै पटक(पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोग चर्चमा गए निको हुने विश्वासका आधारमा आफू चर्चमा गएको र चर्चका पादरीले त्यसको फाइदा उठाएको उनले उल्लेख गरेकी छिन् ।

चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन शारिरीक सम्पर्क गर्नुपर्छ भन्दै बलात्कार गरेको उनले जनाएकी छिन् । पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले करणी गरेको जनाएकी छिन् । पादरीले परमेश्वरको डर देखाएर शारिरीक सम्पर्क गरेको उजरीमा उल्लेख छ । दोस्रो पटक आफूले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितले जनाएकी छिन् । उनले आफ्नो परिवार तथा साथीभाईलाई भनिदिने डरत्रासमा पारी पुनः करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । पुनः गत पुसमा पनि डर धम्की देखाएर करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad