Comments Add Comment

फेरि घट्यो सुनको भाउ

काठमाडौं – बिहीबार एकैदिन सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख ४ रुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ  निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर