आजको पञ्चाङ्ग
वि.सं. २०७६ पुस १५। मंगलबार। इ.स. २०१९ डिसेम्बर ३१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। पञ्चमी, १४:५६ उप्रान्त षष्ठी। नक्षत्र– शतभिषा, २४:५७ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– सिद्धि, २१:१३ बजेउप्रान्त व्यतीपात। करण– वालव, १४:५६ बजेदेखि कौलव, २७:५६ बजेउप्रान्त तैतिल। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ३ पला। पञ्चक। तमू ल्होछार। सन् २०१९ समाप्ति।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वादिष्ट भोजन पाईनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी निकाएको भय रहला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्य सम्पादनमा समस्या आउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तिर्थाटनको योगछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




