
चिसो बढेसँगै देशको उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा समेत हिमपात परेको छ । हिमपातले कसैलाई खुसी दिएको छ भने धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

मौसमविद्का अनुसार यो क्रम आजबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




