हेटौंडा १० मा होटल सुर्यान्स साढे दुई करोड लगानिमा संचालन

अनलाइन पत्र संवाददाता२०७६-०८-२३ No Comments

२३मंसिर, हेटौंडा। प्रदेश ३ को राजधानी हेटौंडामा होटलहरुको भिडमा नयाँ होटल सञ्चालनमा आएको छ। हेटौंडा १० टिसेनरोडमा  होटल सुर्यान्स प्रा.लि संचालनमा आएको हो।

सोमबार होटल  सुर्यान्सले पत्रकार भेटघाटको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका १० स्थित टिसेनरोडमा होटल संचालनमा आएको जनाकारी गराएको छ। पत्रकार भेटघाटमा बोल्दै होटलका निप्पु सराफले साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको बताएका छन्।

भिजिट नेपाल  २०२० लाइ लक्षित गरेर  नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट , पर्याप्त पार्किङ, लिफ्ट सहितको व्यवस्थापनमा होटलले सेवा दिने सन्चालक सराफले जानकारी दिएका छन्।

“२वटा  रेष्टुरेन्ट सहित बारको व्यवस्था गरिएको र टफन ग्लास सहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौ तल्ला सम्म होटल सञ्चालनमा ल्याएका छौं” सराफले बताएका छन्। अंग्रेजी नयाँ बर्ष २०२०को जनवरी बाट  पुर्ण रुपमा संचालनमा आउने  ३० वटा सुइट रुम र ६५ जना बस्ने मिल्ने र २ स्टार बराबरको सेवा दिने  पत्रकार भेटघाटमा बताइएको छ।

Ad
Ad