
कालिका कन्सट्रकसनले “ए क्लास बेष्ट कन्सट्रक्सन कम्पनी गोल्ड अवार्ड” प्राप्त गरेको छ । १०औँ एफक्यान अवार्ड समारोहमा भौतीक योजना तथा निर्माण मन्त्री बसन्तकुमार नेम्वाङले सो अवार्ड कालिका कन्सट्रक्सनलाई प्रदान गर्नुभएको हो । मन्त्री नेम्वाङबाट गोल्ड अवार्ड ग्रहण गरेर निर्देशक पदम गुरुङले कालिका ग्रुपका प्रवन्ध निर्देशक बिक्रम पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो ।
राजधानीको होटल अन्नपुर्णमा आयोजित समारोहमा ग्रपुका प्रवन्ध निर्देशक पाण्डे पनि अतिथिको रुपमा सहभागी हुनुन्थयो । बिगत ४ दशकदेखि निर्माण सेवामा सकृया कालिका कन्सट्रक्सनले स्वदेशमा मात्रै नभई बिदेशमा समेत उत्कृष्ट काम गरेर वाहीवाही कमाउँदै आएको छ । यसअघि पनि उत्कृष्ट काम गरेबापत कालिकाले स्वदेश तथा बिदेशबाट दर्जनौँ अवार्ड प्राप्त गरिसकेको छ ।
कामको मुल्याङकन गरेर बेलाबेलामा प्रदान गरिने यस अवार्डले सम्पुर्ण कालिका ग्रुपलाई अझै अघि बढ्न हौसला प्रदान गरेको पूर्वमन्त्री समेत रहनु भएको पाण्डेको प्रतिक्रिया छ । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा होटल अन्नपुर्णमा शुक्रवार साँझ अवार्ड बितरण समारोह सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




