Comments Add Comment

नेपाललाई तीन वटा जलमार्गको प्रयोग गर्न दिन भारत सहमत

नेपाललाई आफ्ना तीनवटा जलमार्गमा पहुँच दिन भारत सहमत भएको छ । काठमाण्डौंमा बुधवार भएको सह–सचिवस्तरीय बैठकमा कालुघाट, साहेबगञ्ज र वराणसीको मार्ग हुँदै कोलकाता गएर त्यहाँबाट अगाडि जाने यातायातका लागि भारतले जलमार्गको प्रयोग गर्ने सुविधा दिने सहमति जनाएको हो ।

बैठकमा भैरहवा र जोगबनीमार्फत् पनि ठूलो परिमाणको बल्क कार्गो ढुवानी गर्न दिन भारतले सहमति जनाएको छ । नयाँ वाणिज्य सन्धिको मस्यौदालाई पनि दुई देशका अधिकारीहरूले अन्तिम रूप दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालका अनुसार पारवहन लागतलाई कम गर्ने, नेपाली निर्यातलाई प्रतिस्पर्धी बनाउने र आयातको सन्दर्भमा पारवहन प्रक्रियालाई सरल बनाउने उद्देश्यसहित नेपालले वार्तामा सहभागिता जनाएको थियो।

सहसचिव ढकालका अनुसार कालुघाट, साहेबगञ्ज र वराणसीको मार्ग हुँदै कोलकाता गएर त्यहाँबाट अगाडि जाने यातायातका लागि पनि भारतले जलमार्गको प्रयोग गर्ने सुविधा दिने सहमति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर