Comments Add Comment

६४ एमपी क्वाड–क्यामेर भएको रेडमी नोट ८ प्रो सार्वजनिक

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । 

क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने कम्पनीको दावी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएका छन् । प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको छ ।

हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।’

रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा बिस्ट 
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको फोन हो । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो जी९०टी  मोबाइल प्लायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ । 

रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो । एक पूर्ण एचडी प्लस १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ । 

रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउछ । दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्री (१८ वाट्ट चार्जर)ले पुरै दिन उत्किृष्ट गेमिङ र फोटोग्राफीका लागि उपयुक्त मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर