2025-12-05 8:01 pm

मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्जबाट डोजर चल्ने

पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत मकवानपुर जिल्ला सहित हेटौँडा बजारमा २५ मिटर भित्र बनेका घर टहरा हटाउन सडक डिभिजन कार्यालय हेटौँडाको योजनाबद्ध तयारीले भोलि अर्थात असार २३ गतेबाट सार्थकता पाउने भएको छ । 
    
कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर क्षेत्र भत्काउनका लागि केहिदेखि गरेको लगत संकलनको काम अन्तिम चरणमा पुगेको छ । अब लगत संकलन चाइनाक्वटर आसमास र कार्रा देखि रातोमाटेसम्म मात्र बाकी रहेको डिभिजन सडम कार्यालय हेटौँडाका प्रमुख सुमन योञ्जनले प्रष्ट खबरलाई जानकारी दिएका छन । २ र४ दिनमै लगत संकलनको काम सकिनेछ बताए पनि २५ मिटर भित्र बनेका घरटहरा खालि गर्ने काम भने २३ गते अर्थात भोलि सोमबारबाट सुरु हुने योञ्जनले बताएका छन  । “लगत संकलनको काम हुदै गर्छ यद्यपी भोलि सोमबारबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्ज गरी २ ठाउबाट २५ मिटर क्षेत्रमा रहेका घर टहरा हटाउन शुरु हुनेछ”योञ्जनले बताए । 

प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १६/१६ मिटर कायम गराउन संघीय सरकारमा पहल गर्ने निर्णय गरेपनि यसबारे कुनै निर्णय नभएकाले सडक डिभिनले २५/२५ मिटर नै भत्किने योजना अनुसार हेटौँडा बजार भित्र लगत संकलन थालेको थियो । लगत संकलन सकिनै लाग्दा र भोलिबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्ज गरी २ठाउबाट २५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउने थालनी कार्यले सार्थकता पाइरहदा हेटौँडा बजार भित्र २५ मिटर क्षेत्रमा बनेका घर टहरा भत्किने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad