साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्र यही कात्तिक २२ गते रिलिज हुने भएको छ । चलचित्र घिमिरेद्वारा लिखित सोही किताबमा आधारित रहेको छ ।

विनोद विष्टको निर्माण तथा निर्देशन रहेको चलचित्रमा घिमिरेको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडाैंकी रोजित शुद्धचार्यले गरेका छन् ।

चलचित्रमा स्वीकृति शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधानलगायत कलाकारको अभिनय छ ।