काठमाडौँ । आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले आइतबार चलचित्रमा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युट्युबबाट रिलिज गरेको हो।

गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर  छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.,दिक्पाल कार्की रहेका छन् ।

चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको छ ।

गीत रिलिजपछि निर्देशक बस्नेतले भने,‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु ।’

चलचित्रको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् ।

बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरि यो फिल्मको छायाङ्कन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू