अखिल क्रान्तिकारीबाट बुद्ध र रामकृष्णले गरे उम्मेदवारी निष्क्रिय, प्रसिद्धलाई सघाउने

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागि अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवारी दिएका दुई विद्यार्थीले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् ।

अखिल क्रान्तिकारीको प्यानलबाट उम्मेदवारी निस्क्रिय पार्ने दुई विद्यार्थी नेविसंघका बुद्धबहादुर ब्रम्हु र रामकृष्ण घोरासैनी रहेका छन् । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघ संयुक्त प्यानल बनाएर चुनावमा जाने निर्णय भएकोले ब्रम्हु र घोरासैनीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीबाट आफूहरुको उम्मेदवारी नरहने बताएका छन् ।

उनीहरुको समर्थन नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार प्रसिद्ध रेग्मीको प्यानललाई रहेको बताए । पत्रकार सम्मेलन गर्दै नेविसंघ मकवानपुर अध्यक्ष भीषण ठकुरीले केन्द्रीय गठबन्धन अनुसार जिल्लाको सवै क्याम्पसमा उम्मेदवार तय गरिएको बताए । ‘मकवानपुर क्याम्पसमा नेविसंघभित्र केहीपनि विवाद छैन । अब आधिकारिक उम्मेदवारलाई जिताउन हामी लाग्नेछौं ।’, उनले गठबन्धनको जीत सुनिश्चित भएको दावी गरे ।

 

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको लागि नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रेग्मी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad