मकवानपुरको हेटौंडा-८ कालिकाटोलमा बिहीबार गोली चलेको छ ।

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट  कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटा सहितको टोलीले गैंडा तस्करीको आशंकामा एकजनालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।

पक्राउ गरिएका व्यक्तिलाई नेपाली सेनाको टोलिले लिएर गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । प्रहरीले यस बिषयमा अन्य  जानकारी आइनसकेको जनाएको छ । गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार सरकारी नम्बर प्लेटको गाडीका आएको समूहले ३ राउन्ड गोली चलाएको र गोली चलेपछि स्थानीय त्रसित बनेका थिए । प्रहरीले भने नेपाली सेनाले कोलकमाण्डो हतियार बाट ५ राउण्ड हवाई फायरिङ गरेको जनाएको छ ।