तपाईको आजको  राशीफल

मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ।

सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ।

कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। धनलाभ हुनेछ।

तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तर मध्याह्नदेखि प्रतिकूल परिस्थिति सिर्जना हुन सक्छ। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ।

वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।

धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामका लागि बिहानको समय अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।

मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आँटले काम लिन नसक्दा पछि परिनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नपछि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आँटेकाे काम बिग्रन सक्छ।

मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन्। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।