काठमाडौं : सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो ।
यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा पनि सोही अनुसार मूल्य तय भएको सुनचाँदी व्यवसायीले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१६.३७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२.२८ डलरमा कारोबार भइरहेको छ ।