Comments Add Comment

इंग्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाईनलमा

फ्रान्स फिफा २०२२ को सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा इंल्याण्डलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको हो । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भएको हो । खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २(१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए । तर इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै