Comments Add Comment

किन फेसबुकबाट हट्दैछ लाइक फिचर ?

अहिले डिजिटल युगको सुरु भएसँगै सबथोक एन्रोइड मोवाइलहरुबाट सारा कामहर गर्न मिल्छ । मनोरन्जनात्मक काम र सुबिधाहरु बढेसँगै सामाजिक संजाल प्रयोग गर्नेहरुको संख्या ठूलो बनेको छ ।

सामाजिक संजालमा दिनरात बिताउनेहरु सबैभन्दा बढी फेसबुक चलाउँछन् । दैनिक करोडौँ मानिसहरुले चलाउने फेसबुकमा एक दिनमा कति फोटो भिडियो अपलोड होला ? कति शेयर र लाइक होला ? त्यसको एकिन तथ्यांक फेसबुकसँग मात्रै छ । तर लफेसबु्कमा लाइक गनेर रमाउनेहरुका लागी भने दुखद खबर बाहिरिएको छ ।

कारण हो फेसबुकले लाइक बटनलाई केही समयपछि हटाउँदैछ । फेसबुक पोष्टमा लाइक गर्नेहरुले धेरै लाइक आउने र कम लाइक आउनेहरुबिचको द्धन्द्धका कारण यस्तो निर्णय लिन लागीएको फेसबुकले जनाएको छ । फेसबुकका कारण यो फिचर हटाएसँगै प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् ।

जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास फेसबुकले लिएको र हाल परिक्षण गरिरहेको स्रोतको भनाई छ । यस्तै किसिमको अभ्यास इन्स्टाग्रामले सुरु गरिसकेको छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर