आज २०७६ आश्विन १ गते बुधबार को राशिफल

आजको पञ्चाङ्ग

वि.सं. २०७६ असोज १। बुधबार। इ.स. २०१९ सेप्टेम्बर १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्थी, १५:१३ उप्रान्त पञ्चमी। नक्षत्र– भरणी, ३०:५१ बजेउप्रान्त कृत्तिका। योग– व्याघात, २३:०६ बजेउप्रान्त हर्षण। करण– वालव, १५:१३ बजेदेखि कौलव, २७:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ४ पला। चतुर्थी श्राद्ध। आश्विन संक्रान्ति। विश्वकर्मा पूजा। वास्तु दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । वाहान लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । विद्या र बुद्धिको विकास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक तथा तिर्थाटनको योगछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाईदा होला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Source : Hamropatro.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad