Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत ०३ गते सोमवार , तपाइको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत ०३ गते सोमवार । इ.सं. 2020 March 16 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी संवत्सरउत्तरायण वसन्त ऋृतु चैत्र कृष्णपक्षतिथि सप्तमी , ९:१८ बजे उप्रान्त अष्टमी । नक्षत्र ज्येष्ठा , १६:४४ बजे उप्रान्त मूल । योग सिद्धि , १८:४७ बजे उप्रान्त व्यतीपात । करण व वव ९:१८ बजेदेखि वालव , २०:४४ बजे उप्रान्त गर । चन्द्रराशि वृश्चिक । आनन्दादी योग पद्म

Advertisement

 । दिनमान २९ घडी ५५ पला । सूर्योदय ६: १४ बजे । सूर्यास्त १८: १२ बजे ।

अष्टमी व्रत। गोरखकाली पूजा।

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमापनि सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रूचि बढ्नेछ । मंगल कार्यको योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...